Monday, December 18, 2017

महेन्द्रको ‘तीन घुम्ती’ - यादव देवकोटा


एक घुम्ती
तत्कालीन पश्चिम १ नम्बर भनेर चिनिने अहिलेको धादिङ–नुवाकोटमा २०१६ को मंसिर–पुसमा भएको लुटपाटमा पीडित भएकाहरू न्याय पाउन भनेर महिनौँदेखि काठमाडौंमा भौँतारिएका थिए । उनीहरूले प्रधानमन्त्री बिपी कोइरालासँग भेटघाटको समय पाइरहेका थिएनन् । त्यसरी धाउनेको समूहमा धादिङ गुम्दीका शेषनाथ सिंखडा पनि थिए, जो काठमाडौं बसेर पढिरहेका विद्यार्थी थिए । 
 
बिपी त कांग्रेस स्थापनाकालमा नेपाल–भारत दुई भिन्न देश नै होइनन् भनेर भाषणै गर्थे । आफ्नो पार्टीको नामै अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस राखेका थिए । २००३ माघ १२ मा भारतको कलकत्ताको भवानीपुरस्थित खाल्सा हाईस्कुलमा अखिल भारतीय राष्ट्रिय कांग्रेसको उद्घाटन समारोहमा पार्टीको उद्घाटन झन्डाका रूपमा भारतीय तिरंगा झन्डा फहराइएको थियो । 

गाउँमा भएको स्थानीय विद्रोहपछि आएका गाउँलेको समूहमा मिसिएर उनी वनकालीमा योगी नरहरिनाथलाई भेट्न गएका थिए । हालैका दिन आफ्नो सोधकार्यका लागि भेट्दा सिंखडाले पंक्तिकारसँगको रेकर्डेड कुराकानीमा भनेका छन्, ‘नरहरिनाथले हाम्रो कुरा सुनेपछि जुरुक्क उठेर भने ‘अब असनमा गएर एक–एकवटा खुकुरी किन्नोस् र गाउँमा गएर छपाछप लुटेरालाई काट्नोस् । पुलिस प्रशासन आए, हामीले यिनको आदेशमा यो सब गरेका हौँ भन्नोस् ।’ त्यति भनेर नरहरिनाथले राजा महेन्द्रको फोटो भएको लकेट हामीतर्फ तेस्र्याए ।’

दुई घुम्ती
तत्कालीन १०४ नम्बर निर्वाचन क्षेत्र गोर्खामा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई गोर्खा परिषद्का विश्वनाथ सुवेदीले चुनाव हराएका थिए । बिपी कोइराला प्रधानमन्त्री भएपछि भूमिसुधारका कार्यक्रम व्यापक रूपमा अघि बढाएपछि जमिनदार, सामन्तहरू तिल्मिलाएका थिए । सीधै त्यसको विरोध गर्न लाजगाल परेपछि उनीहरू विरोधका अनेक उपायको खोजीमा थिए । बिपी कोइरालाले नेपाली हितलाई भर्सेलोमा पारेर गण्डक सम्झौता गरेपछि नरहरिनाथ लगायतले खोलेको कर्मवीर मण्डलले गोर्खामा विरोध उठायो । र, त्यसलाई कांग्रेसविरुद्ध राणाहरूले खोलेको गोर्खा परिषद्ले पाश्र्वभागमा बसेर धाप दिएको थियो । 
राष्ट्रियता, डाल्डा घिउ प्रकरण, शारदा बाँध प्रकरण र जनजीविकालाई मुख्य मुद्दा बनाएर गोर्खा पोखरीथोकमा गाउँगाउँबाट योगीले मानिस उतारेका थिए । सरकारी कार्यालयतिर अघि बढेको जुलुस रोक्न प्रहरीले गोली चलाउँदा २०१७ कात्तिक ९ मा घटनास्थलमै कोमलबहादुर श्रेष्ठ– छोप्राक, काजीमान बाँडा– ताकु कोटथोक, नारायणदत्त ढकाल गाईखुर, भिउसिने कामी– कोखे, सार्की कामी– कोखे, झलकबहादुर भट्ट– ताप्ले, तार्छेबहादुर बस्नेत– भोगटेनी गरी सातजना मारिए । घटना भएको चार दिनपछि नै योगी नरहरिनाथ जुम्लामा पक्राउ परेपछि आज पर्यन्त नरहरिनाथको हिँडाइको रफ्तारबारे आश्चर्यपूर्ण टिप्पणी गरिन्छ । स्वयं बिपीले पनि त्यसलाई आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । 
२००९ तिरदेखि नरहरिनाथको जीवनकालभर साथै रहेका गोर्खा घर भएका योगी बलभद्रनाथले सोधकार्यका लागि मसँग गरेको रेकर्डेड कुराकानीमा भनेका छन्, ‘गोर्खाको आन्दोलनको सबै तयारी सकेर कात्तिक ७ गते सबेरै गुरुमहाराज (नरहरिनाथ) ले मलाई उठाउनुभयो । खाना बनाउन लगाएर खाना खाइवरी आन्दोलनको सबै जिम्मेवारी निश्चित मानिसलाई दिएर जुम्लातर्फ लाग्नुभयो ।’ यसरी कात्तिक ९ मा नभई ७ मै जुम्लातर्फ लागेका योगी कात्तिक १३ मा जुम्लामा पक्राउ परे । 
पक्राउ पर्दा उनको साथबाट महेन्द्रका प्रमुख सैनिक सचिवले आर्थिक सहयोगसहित लेखेको चिठी फेला परेको थियो । पक्राउ पर्दा योगीले ‘महाराजधिराजले यो धर्म नमान्ने प्रधानमन्त्री र सरकारविरुद्ध विद्रोह गरे हुन्छ भन्ने मलाई आदेश बक्सेको छ’ भन्दै त्यही सैनिक सचिवको चिठी देखाएका थिए । 

तत्कालीन पश्चिम १ नम्बर काण्ड भनेर चिनिने खनायोवास–दार्खा–गुम्दी–मार्पाक लुटपाट काण्ड एक किसिमले किसान विद्रोह नै थियो । तत्कालीन १०६ नम्बर निर्वाचन क्षेत्रबाट कांग्रेसका ललितबहादुर घले (डिबी लामाका पिता) निर्वाचित भएका थिए । खनायोवास–दार्खा–गुम्दीतिर पर्ने १०७ नम्बर निर्वाचन क्षेत्रमा गोर्खा परिषद्का भरतशमशेरले जितेका थिए । देशैभर कांग्रेस जागेका बेला गोर्खा परिषद्लाई चुनाव जिताउने उक्त क्षेत्रप्रति कांग्रेस रुष्ट थियो । कांग्रेसले उक्त रुष्टताको बाली उठाउन गाउँका जमिनदारविरुद्ध स्थानीय तामाङ समूहलाई भड्कायो र स्वाभाविक रूपमा त्यसको गुप्त नेतृत्व तिनै ललितबहादुरले गरिदिएका थिए । त्यही पश्चिम १ नम्बर काण्डका कारण जनमानसमा कांग्रेस आतंकको उखान बनेको थियो । मानिसहरू मननपरेका मानिसलाई गाली गर्नुपरे ‘तेरो घरमा कांग्रेस पसोस्’ भन्थे । 
तर, समय लम्बिँदै जाँदा त्यसलाई स्वार्थअनुकूल प्रयोग गर्ने काममा भने गोर्खा परिषद्ले बाजी मा¥यो । त्यसको राजनीतिक परिचालनमा लागेका पात्र थिए– राजाका सैनिक सहायक (कर्णेलका) का छोरा, गोर्खा परिषद्का कार्यकर्ता हरिबहादुर थापा, जो पछि पञ्चायतकालमा अनेकपटक माननीय भए । पंक्तिकारसँगको रेकर्डेड कुराकानीमा पञ्चायतकालमा ‘मिस्टर हरिबहादुर’का नामले चिनिने तिनै थापाले भनेका छन्, ‘स्थिति अरुका हातमा जान नदिन सकेको गरियो ।’

त्यही सेरोफेरोमा दाङ, झापा, रामेछापलगायत स्थानमा पनि अनेकन् लुटपाट, विरोध प्रदर्शन र विद्रोह उठिरहेका थिए । महेन्द्र भित्रभित्रै तुलसी गिरी, विश्वबन्धु थापालगायत कांग्रेसी मन्त्री, नेताहरूलाई बिपी सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन उचालिरहेका थिए । र, त्यसको समानान्तरमा आफू निकटस्थलाई परिचालन गरेर देशभर हिंसा, लुटपाट, विद्रोह र अशान्ति फैलाउन भरमुग्दर जोडबलमा लागेका थिए । त्यसका लागि साम, दाम, दण्ड, भेद सबै एकसाथ प्रयोग गरिरहेका थिए ।

भारत, अमेरिका, युरोप र बेलायतको लामो भ्रमण सकेर महेन्द्र काठमाडौं फर्कंदै थिए । त्यही यात्रामा विदेशी राष्ट्राध्यक्ष, सरकार प्रमुख र त्यहाँ खटिएका नेपाली राजदूतहरूसँग बिपीको सरकार अपदस्थ गर्न महेन्द्रले उनीहरूको समर्थन जोड्दै हिँडेका थिए । इजरायललाई मान्यता दिएपछि र अन्य व्यक्तिगत टकराबका कारण जवाहरलाल नेहरु बिपीसँग रुष्ट भएका थिए । निकै राष्ट्रवादी भनेर देवत्वकरण गरिएका महेन्द्रले यहाँ थपिरहनुपरेन तिनै नेहरुको स्पष्टपूर्वक अनुमोदनमा नेपालमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्ने आखिरी निर्णय लिएका थिए ।

एअरपोर्टबाट राजदरबार फिरिरहेका महेन्द्रको गाडीलाई धादिङबाट आएर काठमाडौंमा बसेको समूहले रुवाबासी गर्दै घे¥यो । महेन्द्रले गाडीबाट ओर्लेर उनीहरूको कुरा सुने र प्रत्युत्तरमा भने, ‘जनताको जिउधन र शान्ति सुरक्षालाई ख्याल नदिने सरकार जनताको हुन सक्दैन, म तिमीहरूको दुःखसुखबारे जानकार छु, यथोचित व्यवस्था गरौँला ।’

त्यसको केही महिनामै तिनै महेन्द्र रेडियो नेपालमा सुनिए, ‘...देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल बिल्कुल असमर्थ भएकाले र अराष्ट्रिय तŒवहरूले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पु¥याउने वातावरण आउन लागेको... जनतामा अशान्ति र दूषित वातावरण मात्र पैदा गरेकाले... देशमा एकता, राष्ट्रियता र सार्वभौमिकता बचाउने, अमनचयन कायम राख्ने र देशलाई कुनै पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमै भएकाले उपरोक्त वातावरण हटाई शान्ति सुरक्षा कायम राख्न ...अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौँ ।’

त्यो दिन २०१७ पुस १ थियो । यी माथिका घटना र पुस १ को कुमा महेन्द्रले आधार बनाएका तथ्य हेर्दा देशभर भएका घटना या त नियोजित थिए या त घटना भइसकेपछि त्यसलाई बिपीको सरकारविरुद्ध प्रयोग गर्न दरबारले आफ्नो योजनाबद्ध तागत प्रयोग गरेको थियो भन्ने देखिन्छ । 

महेन्द्रले कु गरेको ५७ वर्षपछिको पुस १ मा यी पंक्तिहरू लेखिरहँदा महेन्द्रको पुस १ को कदमले देश जोगाएको, नत्र उहिल्यै सिक्किम भइसक्थ्यो, महेन्द्र भयानक विकासवादी थिए भन्ने र महेन्द्रीय राष्ट्रवादले मधेसीहरू, जनजातिहरू आफ्नै भूमिमा अल्पमतमा पारिए भन्ने परस्पर विरोधी स्वरहरू निकै प्रखर भएर प्रकट भइरहेको अवस्था छ । 

तीन घुम्ती
बेलायती महारानी एलिजाबेथको नेपाल भ्रमणको मिति टुंगिसकेको थियो । यता, महेन्द्रले भित्रभित्रै निर्वाचित सरकारलाई अपदस्थ गरेर आफैँ हैकमशाली शासनसत्ताको एकाधिकारी बन्ने निर्णय गरिसकेका थिए । त्यसको पृष्ठभूमिमा गोर्खा दल, राजावादी समूहलाई विभिन्न आवरणमा परिचालित गरेर गोर्खा, धादिङ–नुवाकोट, दाङ, झापा लगायत स्थानमा व्यापक लुटपाट, हुलदंगा र अशान्त अवस्था सिर्जना गरिएको माथि आइसकेको छ । प्रधानमन्त्री पदमा आसीन बिपी कोइराला भने आफ्नै मन्त्रिपरिषद्मा सामेल आफ्ना विशेष स्नेह पात्र नै रातारात आफैँलाई पदच्युत गर्ने निरंकुश तानाबानाको जाल बुनिरहेको पनि भेउ नपाएर भरतशमशेरले मंसिर मसान्तको मध्यरात महेन्द्रले गडबड गर्न लागेको बताउँदा पनि त्यस्तो नगर्लान् भन्दै ढुक्कको अवस्थामा थिए । या त गरे पनि के नै गर्न सकिन्छ र भन्ने लाचारीलाई सिरानी हालेर बसेका थिए । 

भारत भ्रमणमा आएका बेला बेलायती राजपरिवारले वन्यजन्तुको अकल्पनीय सिकार गरेपछि पश्चिमा मिडिया बेलायती राजपरिवारप्रतिको परम्परागत आदरको सीमारेखालाई शिष्टतापूर्वक अस्वीकार गर्दै लेखिरहेको थियो, मारिएका वन्यजन्तुसँग बेलायती राजपरिवारले खिचाएको तस्बिर टाँसेर, ‘बेलायती राजपरिवारको नृशंस रगतमोह ।’ त्यसबाट छलिन एलिजाबेथका पति राजकुमार फिलिपले अन्य मित्रहरूसँग मिलेर भर्खरै वल्र्ड वाइल्डलाइफ फन्ड (विश्व वन्यजन्तु कोष) गठन गरेका थिए । उता, युरोपमा वन्यजन्तु संरक्षणको जालेरुमाल उडाएर यता चितवनमा बेलायती राजपरिवार सिकार खेल्न आएको थियो, वन्यजन्तुको । महेन्द्रले पुस १ मा प्रजातान्त्रिक सरकारलाई कु गरेर निरंकुशताको अँध्यारो सुरुङभित्र देशलाई होमेको भर्खरै महिना दिन कटेको मात्रै थियो । त्यही सिकार खेलोमा फिलिप र उनकी पत्नी एलिजाबेथलाई बेग्लाबेग्लै टेन्टको माग ग¥यो, बेलायती राजपरिवारले र त्यसको मूल्य चतुर महेन्द्रले गजबले उठाइदिए । 

अनेकन् बाघ, हात्ती, गैँडाको सिकार सकेर बेलायती महारानीको बेलायत फर्कने बेला हुँदै थियो । महेन्द्रलाई आफ्नो पञ्चायती कदमको समर्थन चाहिएको थियो, प्रजातन्त्रको जननी भनिने बेलायती राष्ट्राध्यक्षबाट । निर्वाचित सरकारलाई जेलमा सडाएर उदाएको महेन्द्रीय पञ्चायतलाई अनुमोदन गर्न एलिजाबेथ हिच्किचाइन् । चतुर महेन्द्रले एलिजाबेथलाई दाम्पत्य जीवनको झमेला टुंगियोस् भन्ने कामना एकल भेटमा गरिदिएपछि त्यो प्रकरण बाहिर आउन नपाओस् भनेर एलिजाबेथले महेन्द्रको कुलाई सफ्ट तर ट्याक्टिकल अनुमोदन गरिदिइन् । 

कालो धर्सो
आजको अव्यवस्था, विकासको धिमा गतिलाई नापेर हामीहरूमध्ये धेरैले भन्छौँ– महेन्द्र विकासवादी थिए । तर तथ्यहरूले त्यस्तो देखाउँदैन । संसारभर जति पनि विकासका गति अघि बढे सबैजसो सन् ६० को दशकदेखि ९० को दशकभित्र भए । चीन, भारत, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, दक्षिण अफ्रिका, ब्राजिल, अरब मुलुकहरू सबै महेन्द्रको पञ्चायती चक्रव्यूहको फन्दामा नेपाल जकडिएका बेला विकासको हतारो यात्रामा निस्किएका थिए । संसारभर विकासको तीव्र छाल चलेका बेला नेपालमा भने नागरिकका आवाज पञ्चायती मेसिन गनको महेन्द्रीय डिजाइनभित्र कैद थियो । नागरिकहरू हाम्रो राजा हाम्रो देश, एकल भाषा एकल भेषको सुगा रटानमा अभिशप्त थिए । दरबारको चाकडी र पजनीमा पास भएका मुठीभर मानिसहरूको अकल्पनीय उन्नति भएको थियो । बाँकी देश गाउँ–गाउँसम्म विस्तारित पञ्चहरूको दकसमा लपेटिएको थियो । 

समस्या त के भइदियो भने महेन्द्रले रोपेको पञ्चायत उखेलिएर फालेको प्रजातन्त्रकाल या राजतन्त्र फालेर उदाएको गणतन्त्रकालमा देशको ढुकुटी रिŒयाउने, नेताहरू अनुत्तरदायी तवरमा भ्रष्ट हुने र उल्टै महेन्द्र रचयित पञ्चायतकालमा जोडिएको कलकारखाना पनि बेचेर आफ्नो जीवन सुधार्ने धन्दामा लागिदिनाले बरु हिजै ठीक थियो भन्ने जनतामा परिदिएको छ । सत्य हो, आजका निकै भ्रष्ट भैदिए । रगतको डरलाग्दो खोलामा खुट्टा चोबलेर आएकाहरू पनि देश र जनताको अवस्था सुधार्नेभन्दा आफ्नै जिन्दगी सुधार्ने ध्याउन्नमा लागे । 

राष्ट्रियताको सन्दर्भमा बिपी र महेन्द्र दुवैमा विरोधाभास देखिन्छ । बिपी त कांग्रेस स्थापनाकालमा नेपाल–भारत दुई भिन्न देश नै होइनन् भनेर भाषणै गर्थे । आफ्नो पार्टीको नामै अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस राखेका थिए । २००३ माघ १२ मा भारतको कलकत्ताको भवानीपुरस्थित खाल्सा हाईस्कुलमा अखिल भारतीय राष्ट्रिय कांग्रेसको उद्घाटन समारोहमा पार्टीको उद्घाटन झन्डाका रूपमा भारतीय तिरंगा झन्डा फहराइएको थियो । पछि इन्दिरा गान्धीसँग मनमुटाव भएर ज्यानै जोखिममा पारिने देखेपछि बिपी एकजना असाधारण देशभक्तको रूपमा प्रकट भएको देखिन्छ । उनी देशको नक्सालाई भन्दा बढी जनतालाई, देशको भूगोलभित्र बाँच्ने मानिसलाई देश भन्न थालेका थिए । जनता बलियो भए, समृद्ध भए देश बलियो हुन्छ भन्ने मान्न थालेका थिए । 

तर, मन्त्रिपरिषद्मा भारतीय प्रतिनिधि राख्ने, चिनियाँ सिमानापट्टि भारतीय चेकपोस्ट राख्ने, देशको आन्तरिक राजनीतिमा भारतीय प्रतिनिधि राख्ने काममा बिपी र राजा महेन्द्रका पिता त्रिभुवन दुवै लागेकै थिए । १९५० को दरबार–कांग्रेस–राणाहरूको दिल्ली शरणको परिणाममा आज पनि नेपाल भारतीय लाचार छायाजस्तो भएर लतारिनुपर्ने दलन खेप्न विवश छ । त्यसलाई पञ्चायत र बहुदलकालमा भारतीय सुरक्षा छातामुनि बसेर नेपालमा आन्दोलन चलाउने कांग्रेस, एमाले, माओवादीले अझ बढी निम्तो दिए, खुला हस्तक्षेपका लागि । कहिले नेपालमा युद्ध चलाए पनि भारतको ‘इच्छाको नेटवर्क बाहिर नजाने’ पञ्जापत्र गरेर त कहिले बाह्रबुँदेको खामभित्र भारतीय योजना लाहाछाप हानेर, सरकार गिराउने र बनाउने काम समेत भारतीय इसारामा गरेर नेपाललाई भारतीय हस्तक्षेपको मैदान बनाउनमा आजका नेताहरू प्रतिस्पर्धामा लागिदिनाले हिजोका महेन्द्र, राजा र पञ्चहरू पो राष्ट्रवादी त भने जस्तो पर्न गएको छ । 

यहाँनेर न राजावादीहरूले न लोकतन्त्रवादी, न त कम्युनिस्टहरू सबैले नबिराईकन भारतीय सहायतालाई नेपाली राजनीतिको आन्तरिक खेलोमा भिœयाउने शिक्षा तिनै बिपी, त्रिभुवन, राणाहरूको ‘दिल्ली शरण स्कुल’बाट अविछिन्न उत्तराधिकारका रूपमा सिकिरहेकै छन् । हिजो यो गलत भयो, आज गर्नु हुन्न भनेर इतिहासको दुःखद पानालाई बन्द गर्नेतिर होइन, त्यसको असल विद्यार्थीका रूपमा प्रयोगात्मक सिकाइ अघि बढाइरहेका छन् । यहीँनेर नेपाली समाजले सबैभन्दा भयानक ट्राजेडी भोगिरहेछ ।

नेपाली राजनीतिमा पैसामा पद–प्रतिष्ठा बेच्ने पैसामुखी आचरणको स्कुल पनि बिपीले नै स्थापना गरेका थिए । ५० हजार रुपैयाँमा उतिबेलै पार्टी चलाउने नाममा सांसद पद बेचेको सिको गर्दै आज बिपीलाई आदर्श मान्ने र उनीबाट आफूमा गहिरो प्रभाव परेको बताउनेहरू चौधरी, खेतान, गोल्छा, ल्यारक्यालहरूलाई सांसद पद बेचेर बिपीले स्थापना गरेको स्कुलबाट व्यावहारिक रूपमा दीक्षित भइरहेको प्रमाणपत्रले जनतालाई डामिरहेछन् । खुलमखुला भनिरहेकै छन्– बिपीको सपना पूरा गर्ने जिम्मा मेरो । बिपीका खराब नजिरहरूलाई सपना मानेर, बिपीले जुन रूपमा जनताका लागि आदर्श समाजवादी सपना देखेका थिए, त्यसलाई भुलेर आजका कथित नेतृत्व बौद्धिक रूपमा टाट उल्टिएको स्वीकारोक्ति गर्ने अवस्थामा उभिएको छ । 

मीमांसा
बन्द समाज मुख्य त प्रगतिको बाधक बन्ने गर्छ । महेन्द्रले समाजलाई बन्द मुठीमा निर्चोन खोजे पनि उनी देश र विकासका निश्चित लालसाबाट प्रेरितै नभएको भने होइन । शिक्षा, संस्कृति, साहित्य, विकासमा उनले केही महŒवपूर्ण जग हालेकै थिए । उनको राष्ट्रियताको सोच एकांकी थियो । जनताभन्दा सिमाना, मानिसभन्दा भूगोल उनको राष्ट्रियताको प्राथमिक सूची थियो । देश भनेको पहिले सीमामा उभिएको जंगेपिलर हो, त्यसपछि सत्ताधारी, क्रमशः पञ्चहरू र अनि मात्रै जनता भन्ने उनको नियोजित सूची थियो । त्यसका बाबजुद पनि उनले मैदानी भूगोलमा मिश्रित बसोबास गराउन जुन गतिविधि बढाए, त्यसले सामाजिक अन्तर्घुलन र पारस्पारिक सौहार्दता बढाइदिएको छ । विकासका केही धिमा गोरेटो खन्न खोजे पनि उनी पछिका पञ्चायती उत्तराधिकारीले त्यसको गतिमा ब्रेक लगाइदिए । 

यताका दिनमा, प्रजातन्त्र, गणतन्त्रपछि त पञ्चायतकालमा बनेका कलकारखाना बेचेर खाने प्रतिस्पर्धा चल्यो । आजकाले कामै नगरिदिँदा अलिअलि मात्रै काम गरेका महेन्द्र या पञ्चायतले बरु केही गरेको थियो भन्ने पर्न गएको छ । यिनको यो आजको अकर्मण्यता हिजोको योग्यता बनिदिने उल्टो बाटोमा हामी छौँ । 

महेन्द्रले पुस १ मा जुन उल्टो बाटो रोजेका थिए, आजकाले त्यसलाई पनि माथ दिने बिब्ल्याँटो बाटो ताकिदिए । हुनेहरूले खाने, जे पनि गर्ने र निर्धाहरू, दुखियाहरू दलनको नीलडामले सुस्केरा निकाल्न पनि नसक्ने अवस्थामा नेपाली समाज उभिएको छ । स्वतन्त्रता र गणतन्त्रको जालेरुमाल त हामीले उडाएका छौँ, तर त्यो कस्तो अवस्थामा छ भने राजनीतिक व्यवसायमा लागेका केही मुठीभरहरूको सनकमा कैद छ । सच्याउने एउटा मात्रै विकल्प छ– विकासको तीव्रता, जनतालाई प्राथमिकता, सामाजिकता, समानता र नागरिक सर्वोच्चता ।

http://www.nagariknews.com बाट साभार 

No comments:

Post a Comment