राज्य–रजौटा उन्मूलन भएपछि एक मात्रै ब्राह्मण राजा भएको राज्य उदयपुरकोट इतिहासमा सीमित भयो । अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहितबर्दियाको तत्कालिन धधवार गाउं पचांयत-४, बैदी (हाल बारबर्दिया नगर पालिका-१०)मा आइ बसोबास गर्न थाले । तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । किसान बनेर सरल जीवनमा रुपान्तरण भए ।
बाँके, जेठ- ब्राह्मणले शासन गरेको अन्य भन्दा फरक पहिचान सहितको राज्य थियो प्यूठानको उदयपुरकोट । सेना र प्रहरीका बलमा होइन लोककल्याणको तागतमा चलेको उदयपुरकोट जस्तो राज्य अन्त बिरलै भेटिन्थ्यो त्यो बेला । २०१७ सालमा राज्य–रजौटा उन्मूलन ऐन लागू भएपछि अन्य सहित उदयपुरकोट इतिहासमा सीमित भयो र अन्तिम राजा शान्तराज अधिकारी रानी सुभद्रादेवी सहितबर्दियाको तत्कालिन धधवार गाउं पचांयत-४, बैदी (हाल बारबर्दिया नगर पालिका-१०)मा आइ बसोबास गर्न थाले ।
उदयपुरकोट साढे चार सय वर्ष लामो इतिहास बोकेको र शाहबंशीय राजाले पनि खुबै मान दिएको राज्यमा पथ्र्यो भन्ने कुरा राजा महेन्द्र, बिरेन्द्रका पालासम्म उनीहरुको बिहे,राज्यरोहणमा अन्तिम राजा शान्तराजलाई आएका निमन्त्रणाका अभिलेखबाट पुष्टि भएका छन् । शान्तराजले जिवनको अन्तिम समयमा राजाकै हैसियतमा भत्ता समेत पाएका थिए ।
तर यि ब्राह्मण राजा र उनका परिवारले कहिल्यै पनि अरु राज्यका राजा रजौटा जस्तो राजसी ठाट प्रर्दशन गरेनन् । बरु सामान्य नागरिकको हैसियतमा किसान बनेर जिविकोपार्जन गरेर जिवन बिताए । उनका अन्य सन्तानले पनि बुवाकै पदचाप पछ्याए । उनीहरुको सदगीपन कतिसम्म थियो भने अन्तिम राजा शान्तराजले त आफु उन्मुलनमा परेको राज्यको राजा हुँ भन्ने कुरा छरछिमेकलाई समेत थाहा दिएनन् । नेपालगन्जमा रहेका कान्छा छोरा माधव अधिकारी भन्छन्–‘राज्य उन्मुलनमा परेपछि बुवाले दरवार भएको ठाउँ स्कुललाई दिनुभएछ । आफुसंग भएको गरगहना बेचेर बर्दियामा जग्गा र फुसले छाएको घर बनाएर खेतीकिसानीमा लाग्नुभयो ।’ हाल एक औषधी उत्पादक कम्पनीका प्रबन्धक रहेका अधिकारीका अनुसार, अन्तिम राजा शान्तराजले आफ्नो इतिहासप्रति गर्ब गरेपनि त्यसैलाई भजाएर खाने काम कहिल्यै गरेनन् । अधिकारी भने,–‘बुवा सकभर आफु राजा भएको कुरा कसैले थाहा नपाउनु भन्नेमा हुनुहुन्थ्यो । हामीलाई पनि इतिहासप्रति गर्ब छ तर कहिल्यै अरुले जस्तो उस्तो हुँ उस्तो हुँ भनेर भन्दैनौं ।’
सामान्य किसान बनेर बसेका शान्तराजा राजा भएको कुरा २०२६ सालतिरको एउटा घटनाबाट धेरैले थाहा पाए । २०२२ सालमा राजा बिरेन्द्रको बिवाहमा उदयपुरकोट राज्यका प्रतिनिधिकारुपमा उनलाई निम्तो आयो । त्यो निम्तोपत्र प्यूठान खलङ्गा पुग्यो । उन त्यहाँबाट बर्दिया सरेको थाहा पाएपछि निम्तो कार्ड अञ्चलाधिस कार्यालय नेपालगन्ज आयो र बर्दिया पठाइयो । तर बर्दियामा यि व्यक्ति को हुन भन्ने पत्तो लगाउनै मुस्किल परेको बताउँदै शान्तराजका छोरा माधव भन्छन्–‘राजाले बुवालाई पठाएको निम्तो कार्ड कहाँ दिने र यो मान्छे को हो भन्ने थाहा नपाउँदा प्रहरी प्रशासनमा त्यतिबेला हल्लीखल्ली भएछ । पछि कसैले प्यूठानबाट आएका अधिकारीहरु यिनीहरु हुन । उनीहरुलाई पो थाहा छ की भन्दै खोज्दै आउँदा बुवालाई फेला पारे ।’
मान्छे खोज्दाखोज्दै बिवाहको तीन दिन अघि मात्र निम्तो कार्ड पुगेका कारण त्यतिबेला बिवाहमा जान नसकेको अधिकारीले सुनाए । ‘हो ! यही घटना र बुवालाई चिनेका गन्धर्वले देखेर गाउँभरी यिनी त राजा हुन भनेर हल्लाफैलाएपछि बुवालाई सबैले राजाबाबु भनेर बोलाउन थाले ।’ सानैदेखि हक्की स्वभावका शान्तराज आफ्नै बलबुतामा कृषी कर्ममा लागे र जिल्ला पंचायतको सदस्य बने । ‘अन्यथा हामीले यस्तो हुँ भनेर कहिल्यै फाईदा लिएनौं’– छोरा माधवले सुनाए ।
सादगीका उदाहरण बनेका शान्तको निधन २०४२ सालमा र रानीको निधन २०५० सालमा भएको थियो । उनका चार छोरा मध्ये माधव नेपालगन्जमै छन् भने केशव अमेरिकामा बसोबास गर्छन । जेठो छोरा चन्द्रराज र माइलो छोरा शिवको निधन भइसकेको छ । छोराहरु प्यूठानमा स्थानीयसंगै मिलेर उदयपुरकोट राज्यको इतिहास संरक्षण र सम्बृद्धनमा जुटेका छन् ।
कश्यप गो त्रीय अधिकारी वंशका जसुधर तत्कालीन उदयपुर राज्यका प्रथम राजा हुन । उनले बिक्रम सम्बद्ध १५७५ मा राज्य स्थापना गरेका थिए । उनीपछि १६ जना राजा भइसकेका छन् । ने पाल एकीकरण हुनुपूर्व बाइसे चौविसे राज्यमा छे त्री र ठकुरी वंशले धे रै ठाउँमा राज्य गरे को अवस्थामा उदयपुर राज्यमा ब्राह्मण राजा थिए । उदयपुर राज्यको इतिहास तथा अधिकारी बंशावली पुस्तका अनुसार, जसुधर र उनका भाइ यज्ञधरले आफ्नो कूटनीतिक चातुर्य र बुद्धिमत्तापूर्ण पौरखले उदयपुर राज्य प्राप्त गरे का थिए ।
उदयपुर राज्य तत्कालीन राजाहरुको विवे कपूर्ण व्यवहारले ने पाल एकीकरण अभियानको समयमा समे त अस्तित्व जो गाउन सफल भए । तर सत्रौ पुस्ताका राजा शान्तराजले राजकाज सम्हाली रहे को समयमा ने पाल अधिराज्यमा लागु भएको राज्य रजौटा उन्मूलन ऐ न, २०१७ ले राज्यको अस्तित्व समाप्त पारे पछि उदयपुर राज्यका ब्राह्मण राजाको अविछिन्नतामा पूर्णविराम लागेको थियो ।
जानकारहरुका अनुसार, उदयपुर राज्यमा राजासँग कुनै सुरक्षा बन्दो वस्ती थिएन । न से ना थिए न प्रहरी नै । प्रजावत्सलता नै राजाको सुरक्षा कवज थियो । उदयपुरकोटको ऐतिहासिक,पुरातात्विक महत्व रहेको बताउँदै उक्तक्षेत्रका प्रतिनिधिसभा सदस्य सुर्य थापाले संरक्षणका लागि बिशेष पहलकदमी लिएका छन् ।
ब्राह्मण राजाले शासन गरेको उदयपुरकोट राज्य ऐतिहासिक सम्पदा हो । यहाँको ऐतिहासिक,सांस्कृतिक र पर्यटकीय पूर्वाधार विकासलाई केन्द्रमा राखेर सबै तहका सरकार अघि बढ्नुपर्छ । स्थानीय पालिकाका तर्फबाट बिगतमा यसको संरक्षण र सम्र्बद्धनका लागि गुरुयोजना बनेको थियो । दरवार भएको स्थानबाट स्वर्गद्धारीसमेत पुग्न सकिन्छ । यसको संरक्षणका लागि मैले पुरातत्व बिभागलाई समेत ध्यानार्कषण गराइसकेको छु । तत् निकायले यस सम्बन्धमा उचित पहलकदमी लिनुहुनेछ भन्ने बिश्वास लिएको छु ।
No comments:
Post a Comment